समखबर संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम कास्की जिल्ला भेला सम्पन्न भएको छ । पार्टी स्थायी समिति सदस्य क. राजवीरको प्रमुख आतिथ्यतामा २०७९ साल श्रावण २१ गते शनिवार पोखरामा सम्पन्न भेलामा ४ नं. प्रदेश इन्चार्ज कमरेड अनुकूल, ४ नं. प्रदेश सेक्रेटरी क. किशोरको विषेश उपस्थिति रहेको थियो ।
उक्त भेलालाई प्रमुख अतिथि क. राजवीरले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र यो प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको स्थापनाका लागि निरन्तर संघर्ष गर्दै जान ऐतिहासिक दृष्टिले अनिवार्य बन्न गएको कुरामा जोड दिए । “यो व्यवस्थाले सबै क्षेत्रमा जनतालाई अधिकार र स्वायत्तता दिइएको छैन । चुनावमा पैसाको खोलो बगाउने र जसरी पनि जित्नु पर्ने होड्बाजी चलिरहेको अवस्था देखिएको छ । सत्तामा बसेकाले अत्याधिक रुपमा सरकारी साधन स्रोतहरुको दुरुपयोग गर्ने स्पष्ट देखिएको छ ।”, उनले भने, “राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरेका छन् । अहिले फेरि एसपीपी जस्तो राष्ट्रघाती संझौता गर्न प्रतिक्रियावादी तथा कम्युनिस्ट नामधारी दक्षिणपन्थी संशोधनवादीहरु र विदेशीका दलालहरु मरिहत्य गरेर लागेका छन् ।” उनले भने, “नागरिकता विधेयक पास गरेर राष्टघात गरेका छन् त्यसको व्यापक भण्डाफोर गर्न अति जरुरी छ ।”
क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु एकता प्रक्रियामा अघि बढ्नु खुशीको कुरा हो भएको चर्चा गर्दै उनले भने, “क्रान्ति सम्भव छ निरासा हुनु पर्ने छैन । वस्तुगत अवस्था प्रबल बनेर आएको छ, सहि निति र कार्यक्रम भए क्रान्ति सफल पार्न सकिन्छ ।” उनले कास्की जिल्ला प्रदेश नं. ४ को राजधानी भएकोले पनि यसको प्रभाव प्रदेश भरी नै पर्ने र कास्की जिल्लामा पाका, अनुभवी, बद्धिजीवि र युवाहरुको राम्रो संयोजन रहेकोले अब नयाँ बन्ने जिल्ला कमिटी सक्रिय र प्रभावकारी बनोस् भन्दै पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
उक्त भेलामा शुभकामना ब्यक्त गर्नेहरु पार्टीका पीबीएम एवमं ४ नं. प्रदेश इन्चार्ज कमरेड अनुकूल, पीबीएम एवमं प्रदेश सेक्रेटरी कमरेड किशोर, केन्द्री सदस्य एवंम कास्की जिल्ला इन्र्चाज कमरेड अरुण, केन्द्रीय सदस्य एवंम स्याङ्जा जिल्ला इन्चार्ज कमरेड निश्चल, अखिल नेपाल प्राध्यापक संघ केन्द्रिय उपाध्याक्ष कमरेड परशुराम कोईराला, क्रान्तिकारी युवा लिग नेपाल केन्द्रीय सदस्य कमरेड राजकुमार सुनार, अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय सदस्य कमरेड बम बहादुर छन्त्याल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रिय सदस्य कमरेड तिलक बराल, अखिल नेपाल टे्रड यूनियन महासंघ केन्द्रिय सदस्य कमरेड बिना बुढाथुकी लगायत रहेका थिए ।
कास्की जिल्लाको पोखरामा संम्पन्न उक्त भेलाले एक जना सदस्य पछि थप गर्ने गरी कमरेड हिक्मतको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जिल्ला सेक्रेटरी क. हिक्मत, सदस्यहरु क. रेण, क. हेमन्त, क. अंकुस, क. बीबीसी, क. परेश, क. छाया, क. सत्यन्द्र, क. गोविन्द, क. उमेश, क. श्रेष्ठ, क. तिलक, क. माधव, क. गाउँले, क. बिष्णु, क. सिता, क. हिमानी, क. कुमारी, क. हिमाल, क. कोमल, क. इन्द्र, क. सी तामाङ्ग, क. गुरुङ्ग र क. विनिता रहनु भएको छ ।
समखबर संवाददाता