समखबर संवाददाता


0 प्रतिक्रिया

1K

बिरामी पशुको उपचारका लागि चिकित्सक परिचालन

३ वर्ष अगाडि
सुर्खेत
समखबर संवाददाता

1.3K

चरिचरनका लागि पाटन क्षेत्रमा रहेका पशुचौपायहरू धमाधम बिरामी हुन थालेपछि जाजरकोट बारेकोट गाउँपालिकाले चिकित्सक परिचालन गरेको छ । पशुपालन पेशालाई मुख्य बनाएर दैनिक घर व्यवहार चलाउँदै आएका बारेकोट गाउँपालिकाका स्थानीयवासीका पशु चौपायहरू बिरामी भएपछि समस्या उत्पन्न भएको खबर पाएलगत्तै गाउँपालिकाले पशु शाखाका प्रमुख गोविन्दबहादुर सिंहको नेतृत्वमा चिकित्सक परिचालन गरेको हो ।

किसानहरूले पालन गरेका पशुचौपायको क्षति नहोस् भनि खबर पाएलगत्तै पशु चिकित्सक परिचालन गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । पालिकाको वडा ४ मा रहेका पशुचौपाय बिरामी भएका हुन् ।

बर्षायाममा स्थानीय घास पालन गरी हिउदमा प्रयोग गर्नुपर्ने भन्दै वर्षायाममा बारेकोट गाउँपालिकाका पशुचौपाय पाटन क्षेत्रमा लिएर पालन गरिँदै आएको छ । मुख सुनिने , घास नखाने , ढारिने लगाएका समस्य पशुचौपायमा देखिएको बारेकोट-५ पाखाका प्रेम शाहीले जानकारी दिए ।

पाटनमा गाइ,गोरु, घोडा , बाख्रा, भेडा र भैँसी पाटन क्षेत्रमा लिएर पालन गरिँदै आएको उनले बताए । हिउँद याममा भारी हिउँ हुने तर वर्षायाममा पाटन क्षेत्रमा हिउँ नहुने भएकाले प्रयाप्त घास हुने गर्दछ ।

1.3K

Mobilization of doctors to treat sick animals

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.