समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

लमजुङका पर्यटकीय गाउँहरू सुनसान

३ वर्ष अगाडि
लमजुङ
समखबर संवाददाता

1.4K

बर्खाका कारण लमजुङका पर्यटकीय गाउँहरु सुनसान रहेका छ्न । पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा दुई महिनाअघि प्रतिदिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे । हिजोआज भने दिनकाे दुई जना पर्यटक पनि मुस्किलले आएका हुन्छन् । ४४ घर होमस्टे भएको घलेगाउँवासी कामविहीन छन् ।

असारको दोस्रो साताबाट भने पर्यटक आउनै छाडेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घले बताए । भदौ अन्तिमबाट पर्यटक बढ्ने उनको दाबी छ । घलेगाउँमा ४४ होमस्टे छन् । तिनमा तीन सयभन्दा बढी पर्यटक अटाउँछन् । यसअघि पनि असार, साउन र भदौमा खासै पर्यटक नआउने पर्यटन समितिका सचिव उमलबहादुर विकको भनाइ छ । पर्यटकले आउन चाहना गरे पनि बाटोले समस्या बनाएको पर्यटन व्यवस्थापन समिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।

घलेगाउसगै भुजुङ,  काउलेपानी र राइनासकोटमा पनि यति बेला पर्यटक आएका छैनन् । लमजुङका अन्य ठाउँका होमस्टेमा पनि अहिले पर्यटकको चहलपहल छैन । खासुर, घनपोखरा, सिउरुङ, घेर्मु रकडार्गेन, पसगाउँ, तुर्लुङकोट, भुस्मेलगायत गाउँ पनि सुनसान छन् ।

1.4K

The tourist villages of Lamjung are deserted

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.