समखबर संवाददाता


0 प्रतिक्रिया

1.6K

चीनको आधा भूभाग खडेरीको चपेटामा

३ वर्ष अगाडि
बेइजिङ
समखबर संवाददाता

2.1K

बेइजिङ–तिब्बत पठारका केही भागसहित चीनको विशाल भूभागको आधा भाग खडेरीको चपेटामा परेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रेकर्ड गर्मी अचानक बाढी र खडेरीले प्रभावित भएको छ । 

जलवायु परिवर्तनका कारण खडेरी झन् तीव्र हुँदै गएको वैज्ञानिकहरूले बताएका छन् । 

६० वर्षपछि सबैभन्दा लामो लगातार उच्च तापमान अवधि रेकर्ड भएको कृषि मन्त्रालयले यसै हप्ता जनाएको छ । दक्षिणी चीनले ६० वर्षभन्दा बढी पहिलेदेखि तापमान रेकर्ड गर्दै आएको छ । 

गर्मीको लहरको तीव्रता, दायरा र अवधिले यसलाई विश्वव्यापी इतिहासमा सबैभन्दा खराब रेकर्ड बनाउन सक्ने विज्ञहरूले बताएका छन् ।  तिब्बती पठारसहित दक्षिणी चीनको चरमदेखि असाधारण खडेरी अवस्थाको अनुभव गरिरहेको राष्ट्रिय जलवायु केन्द्रको चार्टले बुधवार देखाएको छ ।

2.1K

Half of China's land is affected by drought

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.