समखबर संवाददाता


0 प्रतिक्रिया

756

एमाले उम्मेद्धवारको घरबाट प्रहरीले गरे सरकारी सामाग्री बरामद

४ वर्ष अगाडि
धनकुटा
समखबर संवाददाता

945


बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्धवारको घरबाट प्रहरीले सरकारी सामाग्रीहरु बरामद छ ।

निर्वाचनमा मतदातालाई प्रभाव पार्नेगरी धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १ का वडाध्यक्षका उम्मेदवार गोविन्द लिम्बुको घरमा राखिएको १२ बण्डल टिनको पाता, ४५ सय मिटर पाइप, तारजाली लगायतका सामाग्रीहरु प्रहरीले मंगलबार दिउँसो बरामद गरेको हो ।

वडा कार्यालय मार्फत वितरणका लागि ल्याइएका ती सामाग्रीहरु लिम्बुको घरमा लुकाएर राखिएको थियो । सरकारी सम्पत्तिलाई नीजिकरण जस्तो गरी मतदातालाई प्रभावित गर्न व्यक्तिको घरमा लुकाइएको सुचनाका आधारमा प्रहरीले लिम्बुको घरमा छापा मारेको थियो ।

ती सबै सामाग्रीहरु केही समयअघि वडा कार्यालयले स्थानीयलाई दिन ल्याएको थियो । तर, निर्वाचन आचारसंहिता लागू भएपछि वडा कार्यालयमार्फत वितरण गर्न नमिल्ने देखिएपछि लिम्बुको घरमा लगेर राखिएको थियो । जुन सामाग्रीहरु मतदातालाई प्रभावित पार्दै वितरण गर्न खोजिएको थियो । तर स्थानीयले सो थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

945

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.