समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

मजदुर संगठनहरूको संयुक्त प्रेस विज्ञप्ति जारी, निरन्तरको मूल्य वृद्धिका विरुद्ध विरोधमा कार्यक्रम सार्वजनिक

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.6K

नेपालमा क्रियाशील विभिन्न नौ वटा ट्रेड युनियन संगठनहरुद्वारा पेट्रोलियम पदार्थ लगायत आकाशिदो बजार मुल्य लगायत विभिन्न विषयमा विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि, मिटरब्याजबाट पीडित मजदुर–किसान तथा अमेरिकी सैन्य गठबन्धन स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालको संलग्नताको विषयमा संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरिएको हो ।

अमेरिकी सैन्य गठबन्धन एसपीपी, देशका विभिन्न भागमा चर्को ब्याज पीडित किसान- मजदुरहरूको आन्दोलन एवम् आयल निगमद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध असार ४ गते बिहिवार माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्तिको पुर्ण पाठ :

मिति : २०७९/०३/०७

संयुक्त प्रेस विज्ञप्ति

हालै नेपाल आयल निगमद्वारा जारी गरिएको पेट्रोलियम पदार्थको मूल्य समायोजन तथा अन्य गम्भीर सरोकारका मुद्दा सम्बन्धमा यस समितिको धारणा सार्वजनिक गर्नु अत्यावश्यक भएकोले निम्न लिखित विषयमा हाम्रा धारणा तथा कार्यक्रम घोषणा गर्दछौं ।

१ ) हालै आयल निगमद्वारा जारी पेट्रोलियम पदार्थको मूल्य सूचिमा पेट्रोल, डिजेल तथा मट्टीतेलमा गरिएको अत्याधिक मूल्य वृद्धि र त्यसको फलस्वरुप उपभोग्य वस्तुको अकासिदो बजार भाउले जनजीविकाको प्रश्न अत्यन्तै कष्टकर भएको छ । सो सम्बन्धमा हामी सरकारी कर नीति तथा अन्तर्राष्ट्रिय तेल बजारको एकाधिकारी जालोमा होइन प्रतिस्पर्धा र सस्तो मूल्यमा प्राप्त हुनसक्ने सम्भावनालाई समेत बेवास्ता गरेर बिना कुनै प्रयत्न गरिने निरन्तरको मूल्य वृद्धिका विरुद्ध संघर्ष गर्न जरूरी छ ।

२ ) हालै देशका विभिन्न भागमा चर्को ब्याज पीडित किसान मजदुरहरूको उठिवास र बबर शोषणका घटनाहरु श्रृङ्खलाबद्ध रुपमा सार्वजनिक भएका छन र त्यसका विरुद्धमा पूर्वी तराई तथा नवलपरासीका पीडितहरू संघर्षरत छन । हामी त्यस आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गर्दछौं र तत्काल उक्त समस्या समाधान गर्न सरकार समक्ष माग गर्दछ ।

३ ) विश्व ध्रुवीकरणको दिशामा तिव्रतापूर्वक अगाडि बढिरहेको र भू- राजनीतिक दृष्टिले संवेदनशील स्थितिमा रहेको हाम्रो जस्तो मुलुकले निरन्तर अँगाल्दै आएको असंलग्न परराष्ट्र नीति विरुद्ध नेपाली सेना र अमेरिकी प्रान्तीय सरकार बीचको सैन्य सम्बन्ध विकास गर्ने स्टेट पार्टनरसीप प्रोग्रामका (SPP) निम्ति नेपाली सेनाको निवेदन र अन्य दस्तावेज तथा नेपाल सरकारको भूमिका समेतले नेपाली जनता र राष्ट्रलाई सामरिक द्वन्दको चपेटामा धकेल्न खोजिएको संकेत झन- झन प्रष्ट हुँदै गएको छ । यसका विरुद्धमा सडकमा आवाज बुलन्द हुन जरूरी छ ।

४ ) पेट्रोलियम पदार्थ लगायत अकासिदो बजार मूल्य मिटरब्याज पीडित मजदुर किसान तथा स्टेट पार्टनरसीप प्रोग्रामका (SPP) नाममा अमेरिकी गठबन्धनमा संलग्नताको विरुद्धमा संघर्षका कार्यक्रम अगाडि बढाउनका अत्यन्तै जरूरी छ । अतः हामी यही असार ४ गते बिहिवार माइतीघर मण्डलामा सहभागी भएर विरोध कार्यक्रम गर्न गइरहेका छौं । उक्त कार्यक्रममा उत्साहपूर्ण सहभागिताका निम्ति सम्पूर्ण मजदुर किसान एवं देशभक्त- प्रगतिशील जनसमुदायमा हार्दिक अपिल समेत गर्दछौं ।

ईश्वर तिमिल्सिना, अध्यक्ष,
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ

राजन तिमिल्सिना, अध्यक्ष
क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल

लालध्वज नेम्वाङ, अध्यक्ष
समाजवादी ट्रेड युनियन महासंघ

लोकराज भूसाल, अध्यक्ष
अखिल नेपाल ट्रेड युनियन महासंघ

बिनोद थापा, अध्यक्ष
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ

कृष्णहरि भट्ट, इन्चार्ज
अखिल नेपाल ट्रेड युनियन

डि.बि. सर्वश्रेष्ठ, संयोजक
वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघ

केदार गिरी, अध्यक्ष
प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ (पिकोन्ट)

गंगाराम खड्गी, अध्यक्ष
नेपाल ट्रेड युनियन फेडेरेसन

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *