समखबर संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम इन्द्रमोहन सिग्देलले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै देशमा झन् ठुलो अर्को राष्ट्रघात हुन सक्ने खतरा बढेको बताए ।
उनले लेखेका छन्, “तथ्यहरुले के पुष्टि गर्दछन् भने यो राष्ट्रघात कम्तिमा पनि ओली, प्रचण्ड र देउवाको सहमति बिना भएको छैन । यिनीहरु अमेरिकी साम्राज्यवादका दलाल मात्र होइनन्, राष्ट्रघाती गद्दार हुन् ।साम्राज्यवादको दलाली गरेर सत्तामा पुग्ने यिनको अभीष्ट रहेको छ । यिनीहरुले एसपीपी खारेज गर्ने त कुरै छाडौं, अमेरिकी साम्राज्यवादका सामु एक शब्द बोल्न सक्दैनन् । त्यसमाथि, प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपीपीलाई नेपालले स्वीकारेको कुरा विधिवत घोषणा गर्ने र त्यो भन्दा झन् ठुलो अर्को राष्ट्रघात हुन सक्ने खतरा बढेर गएको छ ।” उनले यो स्थितिमा, एसपीपी लगायत सबै राष्ट्रघाती सम्झौताहरु खारेज गराउन र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न देशभक्त नेपालीहरु सडकमा उत्रिनुको विकल्प छैन भन्दै देशलाई दक्षिण एसियाको युक्रेन बन्नबाट जोगाउने एकमात्र उपाय भनेको देशभक्तिपूर्ण आन्दोलन भएको स्पष्ट पारेका छन् ।
यस्तो छ नेता सिग्देलको पूरा स्टाटस्ः

समखबर संवाददाता