समखबर संवाददाता


0 प्रतिक्रिया

2.1K

२८औं विश्व आदिवासी दिवस अखिल नेपाल आदिवासी जनजाति महासंघद्धारा भव्य रूपमा मनाउने तयारी

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.6K

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनजाति महासंघले २८औं विश्व आदिवासी दिवस २०७९ भव्य रूपमा मनाउने तयारी गरेको महासंघका महासचिव फुर्नाम्गेल मोक्तानले जानकारी दिए ।

यही २०७९ असार ६ गते बसेको अखिल नेपाल आदिवासी जनजाति महासघंको पुर्ण केन्द्रिय समितिको बिस्तारित बैठकले २८औं विश्व आदिवासी दिवस २०७९ भव्य रूपमा मनाउने निर्णय गरेको हो ।

उक्त बैठकले पार्टी र महासघंको नीति सिद्धान्त र सङ्गठनबाट अन्यत्र पलायन भएका महासचिव नगेन्द्र राई ,केन्द्रीय सदस्यहरु क्रमशः निल पुन, कृष्ण गुरुङ, गौरव राई र टेक बहादुर गुरुङलाई महासघंको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरी रिक्त स्थानमा महासचिव फुर्नाम्गेल मोक्तान , सचीव (शिव श्रेष्ठ ,सदस्यमा क्रमशः पदम सुन्दर लिम्बू, भिम श्रीष, बम बा.छ्न्त्यल, थम बा.छ्न्त्याल, बिशुलाल उराँव र उद्दब गुरुङ्लाई पद्पुर्ती गरेको छ ।

विश्व आदिवासी दिवस २०७९ लाई भव्य रूपमा मनाउनका लागि २०७९ असार २० गते अखिल नेपाल आदिवासी जनजाति महासघं केन्द्रीय सचिवालयको बिस्तारित बैठक अध्यक्ष डा. ओम गुरुङको अध्यक्षतामा केन्द्रिय कार्यालय कुपण्डोलमा बसेको हो । बैठकले डा. ओम गुरुङको सयोजकत्वमा १०१ सदस्य रहेको २८औ विश्वआदिवासी दिवस २०७९ मुल आयोजक समिति गठन समेत गरेको छ ।

बैठकले केन्द्रीय रूपमा श्रावण २४ गते बसन्तपुरबाट झांकी र जुलुस सहित राष्ट्रिय सभागृहमा सभाको आयोजना गर्ने, श्रावण २५गते प्रस्तावित जातीय क्षेत्रीय ११ प्रादेशिक सघंबारे अन्तरक्रिया कार्यक्रम गर्ने, प्रदेश नं. १ को सुनसरीमा श्रावण ३१ गते अन्तरक्रिया तथा प्रदेश महासघं पुनर्गठन गर्ने, प्रदेश २ सप्तरी वा धनुषामा २०७९ भदौ २ गते अन्तरक्रिया तथा महासघं गठन गर्ने, प्रदेश ५ को रुपन्देहीको बुटवल वा दाङमा भदौ ५ गते अन्तरक्रिया तथा महासघं गठन गर्ने निर्णय गरेको छ ।

बैठकले उक्त कार्यक्रम सफल पार्न पाँच-पाँच जना सदस्य रहेको आर्थिक, प्रचार प्रसार, व्यवस्थापन र सांस्कृतिक समितिहरु समेत गठन गरेको छ । यी कार्यक्रमहरुलाई पार्टीको सङ्गठन अभियानसँगै जोडेर लैजाने निर्णय गरिएको महासचिव मोक्तानले जानकारी दिए ।

2.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *