समखबर संवाददाता


0 प्रतिक्रिया

2.9K

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र नेपाल प्रगतिशील ट्रेड युनियन महासंघ बीच एकता सम्पन्न

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

3.7K

नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र नेपाल प्रगतिशील ट्रेड युनियन महासंघबीच एकता सम्पन्न भएको छ । विराटनगरमा आयोजित एकता घोषणा कार्यक्रम मार्फत संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै संगठनका अध्यक्ष इश्वर तिमिल्सिना र विष्णु चौधरीले एकताको संयुक्त घोषणा गर्नुभएको थियो ।

एकता घोषणामा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ “नेपाली मजदुरहरुका राजनितिक, आर्थिक, पेशागत लगायत वैचारिक आकांक्षाहरुको प्रतिनिधित्व गर्दै क्रियाशिल विभिन्न संघ संगठनहरुका बीचमा छलफल, बहस र सहकार्य समेत हुदै आएको छ । सरकार र पुँजिपतिवर्गको मिलोमतोमा कथित उदारीकरणका नाममा मजदुरवर्गका आधारभूत नैसर्गिक अधिकार समेत समाप्त गरेर श्रम बजारमा एकाधिकार कायम गर्दै मजदुरहरु र उनिहरुका आवाजलाई बन्द गर्ने प्रयास भैरहेका बेला यस्ता सहकार्य अझ सुदृढ र कसिलो बनाउदै लैजानुपर्ने खाँचो छ ।
खासगरी साम्राज्यवादी परियोजनाअन्तर्गत चलेका केहि संसदवादी ट्रेड युनियनहरुलाइ छाडेर सच्चा मजदुर पक्षिय संघ संगठनहरुलाइ एउटा प्रवाहमा प्रवाहित गराउन सके नेपाली मजदुरवर्गमाथी पुँजिपतीवर्गले थोपर्दै आएको शोषण, दमन र उत्पीडन बिरुद्ध बिजय प्राप्त गर्न सकिन्छ भन्ने ध्येय उद्देश्य सहित हामी कृयाशिल छौं । यसका निम्ति विभिन्न संघ संगठनहरुसँग वार्ता संवाद पनि भैरहेका छन ।

यसै सिलसिलामा आज अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र नेपाल प्रगतिशील ट्रेड युनियन महासंघ बिच एकता सम्पन्न गर्दै विभिन्न धारामा बिभक्त भै समुह समुहमा कृयाशिल मजदुरहरुका सच्चा हिमायतीहरुलाइ समेत यस प्रक्रियामा समावेश हुन आग्रह गर्ने सहमति भएको छ।हाम्रा यी दुबै ट्रेड युनियनहरुका बीच एकता पछि यसको नाम अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ रहने सहमति भएको समेत जानकारी गराउन चाहन्छौं ।”
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम क. दिनेश शर्मा, १ नं प्रदेश सेक्रेटरी क. सिताराम बुढाथोकी, पार्टी सिसिएम क. डिल्लीराम बोहोरा, क. विमल निरौला, क. सुमन पराजुली क्रमशः प्रमुख अतिथि र अतिथि रहनुभएको थियो । भने घोषणा कार्यक्रमलाई प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम क. दिनेश शर्मा तथा १ नं प्रदेश सेक्रेटरी क. सिताराम बुढाथोकीले प्रशिक्षण एवं शुभकामना मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा प्रमुख अतिथि क. सागरले आगामी क्रान्तिकारी आन्दोलनको विजय मजदुरहरुको क्रान्तिकारी एकताको बलमा मात्रै सम्भव हुने स्पष्ट गर्दै मजदुर संगठनलाई त्यो भूमिका पूरा गर्ने गरि अघि बढ्न निर्देशित गर्नुभयो ।

राजकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका १ नं प्रदेश अध्यक्ष बालकृष्ण बुढाथोकीले गर्नुभएको थियो ।

3.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *