
समखबर संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशले प्रतिक्रियावादी स्थानीय चुनाव बहिस्कार अभियान सुरु गरेको छ । भित्ते लेखन, पोष्टर र पर्चा गर्दै, जाजकोटकोटको सदरमुकाम खलंगा, रिम्ना बजार, नलगाड नगरपालिकामा कोणसभाहरु सम्पन्न भएको छ ।
पहिलो चरणको अभियान अन्तरगत जाजरकोट, पश्चिम रुकुम, सल्यान, सुर्खेत र दैलेख सम्म चल्नेछ । कोण सभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश सचिव दिपकबहादुर शाहीले संसदिय व्यवस्थाले जनताको समस्याको समाधान नगर्ने र हुनेखानेहरुको व्यवस्था हो, त्यसैले यो शासन सत्ता अब धेरै दिन नचल्ने बताए ।
सत्तामा बसेका राजनीतिक पर्टीहरुले जनताको सेवा र जनतन्त्र, जनजीविका, राष्ट्रियता, र असंलग्न परराष्ट्र नितिको धोती लगाएका छन् – उनले भने ।
समखबर संवाददाता 

